एएफसी एसियन कप छनोट: मलेसियासँगको दोस्रो लेगका लागि नेपालको प्रारम्भिक टोली घोषणा 

काठमाडौं । एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरण अन्तर्गत मलेसियाविरुद्धको दोस्रो लेग र बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।

नवनियुक्त अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले आइतबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएका छन् । एन्फाले शुक्रबार टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको थियो।

नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग उसैको घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि नेपालले नोभेम्बर १८ मा मलेसियासँग खेल्ने तालिका छ।

नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा अब अन्तिम २ खेल खेल्न बाँकी छ । जसअन्तर्गत, नोभेम्बर १८ मा मलेसियासँग खेलेपछि नेपालले मार्च ३१ मा लाओससँग खेल्ने तालिका छ।

यद्यपि, नेपाल यसअघि नै एसियन कप छनोटको दौडबाट भने बाहिरीसकेको छ । तेस्रो चरण अन्तर्गत यसअघि खेलिएका चारै खेलमा लगातार हार व्यहोरेको नेपाल अंक विहीन रुपमा समूह ‘एफ’ को अन्तिममा रहँदै छनोटबाट बाहिरीसकेको छ।

यस्तो, अवस्थामा अब नेपालले छनोटका बाँकी २ खेल औपचारिकताका लागि मात्र खेल्ने छ । छनोटको समूह ‘एफ’ मा लगातार चार खेल जितेको मलेसिया १२ अंकसहित शीर्ष, भियतनाम समान खेलमा ९ अंकसहित दोस्रो र लाओस ३ अंकसहित तेस्रो स्थानमा छन्।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :