स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।
इस्टाडी ओलिम्पिक लुइस कम्पनीस रंगशालामा भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई जितमा लामिन यमाल, फेरान टोरेस र मार्कस रासफर्डले गोल गर्दा एल्चेका लागि राफा मीरले एक गोल फर्काएका थिए।
जितसँगै ११ खेलबाट २५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । यता पराजित एल्चे समान खेलमा १४ अंकसहित नवौं स्थानमा रहेको छ ।




