एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिक अन्तिममा हुने

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका बाँकी खेलहरू आगामी कार्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५) सम्म पुनः सञ्चालन हुने भएको छ।

यस सम्बन्धमा नेपाल भलिबल संघबाट आधिकारिक स्वीकृति प्राप्त भइसकेको आयोजकले जनाएको छ।लिगको १६ मध्ये ९ खेल सम्पन्न भईसकेको छ।

बाँकी खेलहरू काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र संशोधित खेल तालिका चाँडै सार्वजनिक गरिने बताइएको छ।

लिगको पहिलो चरण जेन(जी आन्दोलनका कारण अस्थायी रूपमा प्रभावित भई खेलहरू स्थगित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :