अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला विश्वकप २०२५ ‘टीम अफ दि टुर्नामेन्ट’ टोलीको घोषणा गरेको छ । १२ सदस्यीय उक्त टोलीमा भारत, दक्षिण अफ्रिका, इङ्गल्याण्ड, अष्ट्रेलिया र पाकिस्तानका खेलाडी परेका छन्। इयान बिशप, मेल जोन्स, ईसा गुहा, गौरव सक्सेना र पत्रकारको एक प्यानलले उक्त ‘टीम अफ दि टुर्नामेन्ट’ टोलीको चयन गरेको हो।
यो प्यानलमा रहेका सदस्यहरुले महिला विश्वकप क्रिकेट प्रतियोगिता अवधिभरि उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुको पहिचान गर्दै ‘टीम अफ दि टुर्नामेन्ट’ टोलीको चयन गरेको हो।
उक्त १२ सदस्यीय टोलीमा लौरा वोल्वाइट (कप्तान), स्मृति मन्धना, जेमिमा रोड्रिग्स, मारिजेन केप, एशले गार्डनर, दीप्ती शर्मा, एनाबेल सदरल्इाण्ड, नादिन डि क्लर्क, सिदरा नवाज विकेट किपर, अलाना किङ्ग, सोफी एक्लेस्टोन र नेट साइवर ब्रन्ट रहेका छन्।




