काभा यू-१९ महिला भलिबल: नेपाल पहिलो खेलमै पराजित

काठमाडौं । श्रीलंकाको कोलम्बोमा जारी यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले सुरुवाती खेलमै निराशाजनक हार व्यहोरेको छ। मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको हो।

पहिलो सेट २५-२२ ले जित्दै उत्कृष्ट सुरुवात गरेको नेपाली टोलीले दोस्रो सेट १४-२५ ले गुमायो । त्यसपछि तेस्रो सेटमा २५-१८ को सहज जित निकाल्दै नेपालले २-१ को अग्रता बनाएको थियो।

तर, चौथो सेट किर्गिस्तानले २२-२५ ले जित हात पार्दै खेललाई निर्णायक पाँचौं सेटमा पुर्यायो । निर्णायक सेटमा किर्गिस्तानले बलियो प्रदर्शन गर्दै १५-९ ले नेपाललाई पराजित गर्यो।

हारसँगै नेपालले प्रतियोगिताको पहिलो खेलबाट १ अंकमा सिमित रहँदा विजेता किर्गिस्तानले २ अंक जोड्न सफल भएको छ।

अब नेपालले आगामी खेलमा बुधबार घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपालको लक्ष्य दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जीवित राख्ने रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :