नेदरल्याण्ड्स फिफा विश्वकपमा छनोट

नेदरल्याण्ड्स फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । सोमबार राति भएको युरोपियन छनोट अन्तर्गत लिथुआनियाविरुद्धको खेलमा ४-० को सहज जित निकाल्दै नेदरल्याण्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो।

जोहान क्रुइफ एरिनामा घरेलु टेली नेदरल्याण्ड्सलाई जित दिलाउन तिज्जानी रेइन्डर्स, कोडी गाक्पो, जाभी सिमेन्स र डोनेल मालेनले गोल गरे।

जितसँगै नेदरल्याण्ड्स ८ खेलबाट २० अंक जोड्दै समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो।नेदरल्याण्ड्स युरोपबाट आगामी विश्वकपमा छनोट हुने सातौं तथा तथा समग्रमा ३४ औं राष्ट्र हो।

यसअघि युरोपबाट इङ्ल्यान्ड, फ्रान्स, कोएसिया, पोर्चुगल, नर्वे र जर्मनी, अफ्रिकाबाट मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना, आइभोरी कोस्ट, केप भर्डे र सेनेगल, एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान, कतार, साउदी अरेबिया र इरान, दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।

यस्तै अमेरिका, क्यानाडा र मेक्सिको आयोजकका रूपमा सिधै विश्वकप पुगिसकेका छन्। पहिलो पटक ४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :