चितवनका बलर रिजन ढकाललाई एनपीएलको कारबाही

काठमाडौं । चितवन राइनोजका बलर रिजन ढकाल जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो खेल लगत्तै अनुशासनात्मक कारबाहीमा परेका छन्।

लुम्बिनी लायन्सविरुद्ध बिहीकार भएको खेलमा खेल आचारसंहिता उल्लङ्घन गरेपछि उनी लेभल-१ को अपराधमा दोषी ठहरीएको हो।

उक्त खेलमा एलबिडब्ल्युका लागि चितवनको अपिल अस्वीकृत भई ‘नट आउट’ निर्णय आएपछि ढकालले अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै अभिव्यक्ति दिएका थिए ।

जुन आचारसंहिता विपरीत गतिविधि मानिने एनपीएलले स्पष्ट गरेको छ। कारबाही प्रक्रियाका क्रममा ढकालले आफ्नो त्रुटि स्वीकार गरेका छन् र प्रस्तावित सजायमा पनि सहमति जनाएका छन्।

एनपीएलको नियमअनुसार उनी चेतावनीसहित एक डिमेरिट प्वाइन्टका दण्डबाट गुज्रिएका छन्। उक्त प्रतिस्पर्धात्मक खेलमा चितवन राइनोज ६ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :