काठमाडौं। नेपाल एसीसी यू-१९ प्रिमियर कपमा उपविजेता बनेको छ। सोमबार भएको फाइनलमा घरेलु टोली युएईसँग २७ रनले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित बनेको हो।
उपाधि जित्नका लागि युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपालले ४५.५ ओभरमा अलआउट हुँदै १२० रनमा समेटियो।
नेपालका अशोक धामीले सर्वाधिक ३४ तथा रफशन विश्वाका र आशीष लोहारले समान २५ रन जोडे । जुन जितका लागि पर्याप्त भएन ।
त्यसअघि, अजमानको करवान क्रिमेट मैदानमा पहिले ब्याटिङ गरेको युएईले ४५.५ ओभरमा अलआउट हुँदै १४७ रन बनाएको थियो ।
युएईका लागि अहमद खुदाददले सर्वाधिक ७१, नूरउल्लाह आयोबीले २६ र ओपनर आयान मिस्बाहले ११ रन जोडेका थिए।
नेपालका लागि दयानन्द यादवले ६, प्रजित पौडेलले २ तथा नितेशकुमार पाण्डे र अशोक धामीले १(१ विकेट लिएका थिए।




