विराटनगरबाट एनपीएल खेल्न नेपाल आए फाफ डु प्लेसिस

काठमाडौं । दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न सोमबार काठमाडौं आइपुगेका छन्। उनी दिउँसो कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्।

अब जारी दोस्रो संस्करणको एनपीएलमा उनले विराटनगर किङ्सको प्रतिनिधित्व गर्नेछन्। लिगको हालसम्मको पाँच खेलपछि विराटनगरले चार जित हात पार्दै अंक तालिकामा तेस्रो स्थान सुरक्षित गरेको छ।

डु प्लेसिसको आगमनले टिमलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। उनको उपस्थितिसँगै आगामी खेलहरूमा विराटनगर किङ्सले अझै प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने विश्वास टिम व्यवस्थापनले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :