काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । यो खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह ४ बजे शुरु हुनेछ।
कर्णाली आज लिग चरणको आफ्नो छैटौं तथा पोखरा पाँचौं खेलका लागि मैदानमा उत्रिदै छन् । यसअघि मात्र एक खेल जित्दै २ अंक जोडेका दुवै टोली आज जितसहित प्लेअफको सम्भावना कायम राख्ने लक्ष्यमा रहने छ।
लिग चरणमा मात्र दुई खेल खेल्न बाँकी रहेको कर्णाली पाँच मध्य एक जित र चार खेलमा हारसहित २ अंक जोडर अहिले तालिकाको छैटौं स्थानमा छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीलाई आजको खेल जित्नुको विकल्प छैन । यदि आजको खेल हारे कर्णाली लिग चरणबाटै बाहिरीने छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले पनि प्लेअफको सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने हुन्छ। चार माध्य एक जित र तीन खेलमा हारसहित २ अंक जोडेर पोखरा सातौं स्थानमा छ।
कर्णाली र पोखराबिचको खेलअघि मंगलबारकै पहिलो खेलमा चितवन राइनोज र साविक विजेता जनकपुर बोल्ट्स भिडिरकेका छन्।




