नेपाल र चाइनिज ताइपेइविरुद्धको खेलको पहिलो हाफ बराबरी

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली र चाइनिज ताइपेइबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रंगशालामा मंगलबार जारी प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुबै टोलिले गोलरहित बराबरी खेलेका हुन्।

यस त्रिदेशीय शृंखलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छ्न। फिफा महिला फुटबलको वरियतामा नेपाल ८९ औ स्थानमा रहदा चाइनिज ताइपे भने ४२ औ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :