बार्सिलोनाले एट्लेटिकोलाई हरायो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

घरेलु टोली बार्सिलोनाको जितका लागि राफिन्हा, ड्यानी ओल्मो र फेरान टोरेस तथा एट्लेटिकोका लागि एले बाइनाले गोल गरे।

जितसँगै १५ खेलबाट ३७ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । यता पराजित एट्लेटिको समान खेलमा ३१ अंकसहित चौथो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :