काठमाडौं । यहि डिसेम्बर ४ तारिखदेखि १४ तारिखसम्म दुबईमा जारी आईबा मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपको पाँचौं दिन भएको खेलमा नेपालका लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समूहमा माल्युदोभाका खेलाडी माथि युनानिमस जित हासिल गरेका छन्।
उनले पहिलो राउन्ड देखिनै निकै कन्फिडेन्टका साथ खेल्दै १०-०९ क्लियर डीसिजनको लिड गर्दै ५ः० मा अग्रता हासिल गरे । दोस्रो राउण्डमा ४ः१ को अग्रतालाई कायम गरे भने तेस्रो राउन्डमा पनि पोरोम्बोकका प्रायः सबै पन्चहरूलाई डकिड गर्दै क्लियर क्वालिटि पन्चहरूको वर्षा गर्दै ५ः० अग्रतालाई कायम राखे र युनानिमस डिसिजनमा शानदार जीत हासिल गरे।
यससँगै उनी क्वाटरफाइनलमा प्रवेश गरेको छन् । यसअघि लाल प्रसादले ईथोपियाका अलेमु अबेल अबात्येलाई युनानिमस डिसिजन ५ः० को आधारमा पराजित गर्दै विजयी शुरुवात गरेका थिए।
यसअघि महिला तर्फमा भने विश्व च्याम्पियनशिपमा दुइ देशलाई जितेर अन्जनि तेलीले ईतिहास कायम गरेकी थिइन् भने पुरुषतर्फ क्वाटरफाइनलसम्म को यात्रा गर्ने उप्रेति रहेका छन्।
अर्का खेलाडी चन्द्र थापाको भिडन्त आज अर्मानियाका मुक्केबाज सित हुँदैछ । अब हुने खेलमा लालले जित हासिल गरेमा कम्तिमा पनि ७५ हजार डलर अर्थात् नेपाली रूपैया १ करोड ८ लाख रकम जित्ने छन्।
आइबाले यस विश्व च्याम्पियनशिपमा विजेतालाई ३ लाख डलर, उप विजेतालाई १ लाख पचहत्तर हजार डलर र तेस्रो हुने दुइ जना खेलाडीलाई ७५ हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ।




