काठमाडौं । ललितपुर महानगरपालिका वडा ६ ले ललितपुर जिल्ला टेबलटेनिस संघलाई सहयोग स्वरुप खेल सामाग्री प्रदान गरेको छ।
वडाले ४ थान रोल म्याट, ३ सेट बोर्ड, २६ थान लाइट र अन्य सामाग्री गरी करिब १० लाख रुपैयाँ बराबरीको सामाग्री प्रदान गरेको ललितपुर जिल्ला टेबलटेनिसका सदस्य एवं प्राविधिक संयोजक निकेश जोशीले जनाएका छन्।
वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले ललितपुर जिल्ला टेबलटेनिसका अध्यक्ष आशिष अवालेले सामाग्री हस्तान्तरण गरे।
वडा ६ ले गत साता सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।




