प्रशिक्षक खेलाडीको आशा र विश्वास जगाउने हुनुपर्छ

रमेश खनाल (खेलकुद मनोविज्ञ)

यतिखेर पोखरामा साप यू-१९ महिला फुटबल प्रतियोगिता भइरहेको छ । जसमा नेपाल लगायत भारत, बंगलादेश र भुटानका टोलीहरु आपसमा भिडिरहेका छन् । यस क्रममा भारतले नेपाललाई हराएको छ भने बंगलादेशले भारतलाई पराजित गरेको छ । यसैगरि नेपालले भूटानले हराएको छ । भूटानलाई हराए तापनि प्रशिक्षकले आफ्नो टोलीप्रति असन्तुष्ट जनाएका छन् । प्रशिक्षकले भने, खेलाडीहरुलाई प्रशिक्षणको क्रममा सिकाइएको टेक्निकल्ली र ट्याक्टिकल्ली खेल खेल्न सकेनन् । जसले गर्दा नेपालले भूटानमाथि अरु केहि गोल गर्नुपर्ने थियो भन्ने आशय हुनसक्छ प्रशिक्षक सुमन श्रेष्ठको।

फुटबल एउटा यस्तो खेल हो, जसको मनोवैज्ञानिक गुणहरु हुन्छन् । उदाहरणका लागि एन्टिसिफेसन, कनसेनट्रेश, मोटिभेसन, डिभोसन, लर्निङ, रियाक्सन आदि सवै गुणहरुको समन्वय हुन एउटा खेलाडी । टेक्निक र ट्याक्टिसलाई मनोविज्ञानले ग्रहण गर्छ । यदि खेलाडी खेलका दौरान डिसमोटिभेट हुन्छ भने उसले वा उनीहरुले भने जस्तो खेल खेल्न सक्दैनन्।

यसैगरि जव उनीहरु डिसमोटिभेट हुन्छन तब कन्सेनट्रेसन, रियाक्सन, डिभोसन सवै नेभेटिभ हुन्छ । यस्तो अवस्थामा उनीहरुको टेक्निक र ट्रयाक्टिस सवै बिर्सन्छन् । अनि खेल सोचे जस्तो हुदैन । यस क्रममा खेलाडीहरुको दक्षता र क्षमताको पनि कुरा आउँछ । खेलाडीहरुले छोटो प्रशिक्षणको समयमा के कति टेक्निक र ट्याक्टिस सिके ? यदि लामो प्रशिक्षणकालमा सिकेको भए चित्त दुःखाउन सकिन्थ्यो । तर उनीहरुको अल्प प्रशिक्षणमा प्रतियोगिता खेलिरहेका छन्।

त्यसैले खेलाडीहरुलाई मोटिभेट गरेर अगाडि बढाउनु पर्छ । उनीहरुलाई नयाँ टेक्निक र ट्याक्टिस भन्दा पूर्व सिकेका टेक्निक र ट्याक्टिसलाई नै प्रयोग गर्न प्रेरित गर्नुपर्छ । नयाँ कुराले उनीहरुलाई कन्फ्यूज गर्दछ । नयाँ कुरा सिक्नु राम्रो हो तर त्यसको प्रयोग गर्न धेरै परिश्रम गर्नु पर्दछ । सिकेको टेक्निकलाई प्रशिक्षणका दौरान परफेक्ट बनाउन सक्नु पर्दछ । त्यसका लागि समय लाग्दछ । अल्प समयमा सम्भव हुदैन । त्यसैले उनीहरुलाई जे आउँछ त्यसैलाई प्रयोग गर्न मोटिभेट गर्नु पर्दछ।

अत: प्रशिक्षक हतोत्साहि बन्नु हुँदैन । प्रशिक्षक आफु सधैं सकारात्मक सोचमा बस्नु पर्दछ । उनीहरु नकारात्मक भएर बोल्द त्यसको झन नकारात्मक प्रभाव खेलाडीहरुमा पर्दछ । त्यसैले उनीहरुको आशा जगाउने, विश्वास पलाउने मनोवैज्ञानिक भूमिका निभाउनु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :