पीसीबीद्वारा फास्ट बलर नसीम शाहमाथि २० करोडको जरीवाना

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तानका फास्ट बलर नसीम शाहलाई २० करोड पाकिस्तानी रुपैयाँको जरिवाना गर्दै कारवाही गरेको छ।

नसीमले पञ्जाबका मुख्यमन्त्री मरियम नवाजलाई गरिएको भिआईपी ट्रीटमेन्ट बारेमा समाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई पीसीबीले २० करोड रुपैयाँको जरिमाना गरेको हो । पीसीबीले यो कारवाहि सेन्ट्रल कन्ट्याक्टको नियमको उलङ्घन गरेकोमा गरेको हो।

नसीमले मुख्यमन्त्री नवाजविरुद्ध पहिले सामाजिक सञ्जालमा पोस्ट गरे पनि पछि त्यसलाई डिलिट गर्दै बिना सर्त माफि मागेका थिए । नसीमले माफी मागेसँगै पीसीबीले २० करोडका जरिमाना गर्दै उनलाई क्रिकेटमा प्रतिबन्ध लाग्नबाट जोगाएको थियो।

यदि पीसीबीले २० करोडको जरिमाना विपरित क्रिकेट खेल्न प्रतिबन्ध लगाएको भएको उनको खेल जीवन समाप्त हुने थियो । नसीम १४५ देखि १५० को स्पीडमा बलिङ गर्दै आएका छन् । पछिल्लो समयमा भने उनको स्पीड १३५ देखि १३७ मा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :