किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन

काठमाडौं । किकबक्सिङ विकास कार्यक्रमअन्तर्गत ब्ल्याकवेल्ट ग्रेडिङ तथा रेफ्री÷कोच सेमिनारको बिहीबार औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र एसियाली किक बक्सिङ महासंघका अध्यक्ष नासिर नासिरीले संयुक्त रुपमा एक कार्यक्रमबीच उद्घाटन गरे।

कार्यक्रम भने बिहीबारदेखि सुरु भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले यस्ता कार्यक्रमले सहभागीको दक्षता वृद्धि गर्न ठूलो टेवा पुग्ने बताए।

अध्यक्ष नासिरले नेपालमा किक बक्सिङ खेलको राम्रो माहोल रहेको बताउदै एसियाली किक बक्सिङ महासंघ ओलम्पिक काउन्सिल अफ एसियाको मान्यता प्राप्त संस्था भएको बताए।

कार्यक्रममा सात प्रदेश र ३ विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ) का प्रशिक्षक, खेलाडी र निर्णायक गरी करिब २ सय सहभागी छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित कार्यक्रम शनिबार सम्पन्न हुनेछ।

उद्घाटनका अवसरमा राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्यत्रय हिमालकुमार श्रेष्ठ, जगतसिंह धामी, सन्तकुमार मेहतालगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :