काठमाडौं । नेपाल उसु महासंघ, जिल्ला कार्यसमिति सुर्खेतले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त सदस्य–सचिव रवीन्द्र चन्द लगायत पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
उक्त अवसरमा सदस्य–सचिव चन्दले उसु कर्णाली प्रदेशका लागि पदक सम्भावना बोकेको महत्वपूर्ण खेल भएको उल्लेख गर्दै यसको विकास र दक्ष खेलाडी उत्पादनमा परिषद्ले विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
यस्तै, महासंघका सुर्खेत अध्यक्ष सन्तोष बराइलीले चन्दको कार्यकालमा कर्णाली प्रदेशको खेलकुद क्षेत्रले थप गति लिने विश्वास व्यक्त व्यक्त गरेका छन्।





