उसुका विजय र सुस्मिताले विश्वकप खेल्ने

काठमाडौं । चिनको होकाईमा आगामी जुलाई ४ देखि ९ तारिखसम्म हुन गहिरहेको चौथौ थाउलो विश्वकपका लागि नेपालका २ खेलाडिहरु छनोट भएका छन् । छनोट हुनेमा चेनसु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङ रहेका छन्।

विश्वकपमा छनोट हुनका लागि गत सेप्टेम्बर १ देखी ७ मा ब्राजिलको ब्रासेलियामा १७ औं विश्व च्याम्पेनसिपमा प्रतिस्पर्दा गर्न गएका थिए। जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए।

विजय सिन्जाली यसअघि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलु वल्डकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल खेलाडी हुन् । त्यसपछि, उनले सरकार बाट ६५ लाख पुरस्कार प्राप्त गरेका थिए । साथै उनी अहिले न्युजिल्यान्डको एन जेड उसु ऐकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन्।

सुस्मिता तामाङका लागि नेपाल ओलम्पिक कमिटिले ऐशियन गेम्स् नसकिने बेलासम्म मासिक ५० हजारको छात्रबृति प्रदान गरेको छ। साथै उनी पनी चाँडै वैदेशिक प्रशिक्षणमा जाने बताइएको छ।

यी दुवै १३ औं दक्षिण एशियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडी हुन् । दुवै खेलाडी एकदमै मेहेनति र प्रतिभाशाली छन् । यस पटक पनि विश्वकपमा नेपाल पदकको दाबेदारी टिम रहने अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेस श्रेष्ठले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :