बक्सिङ खेलाडी चन्द्र सम्मानित

काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ।

दुबइमा गत नोभेम्बरमा भएको उक्त प्रतियोगिताको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका चन्द्रलाई १ लाख नगदसहित सम्मान पत्रबाट सम्मान गरियो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो।

उनीहरुलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्त नवीन मानन्धरलगायतले एक कार्यक्रमबीच सम्मान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :