काठमाडौं । मुआथाइमा चम्किरहेकी नेपाली खेलाडी सुस्मीताले भारतमा प्रोफेसनल किक बक्सिङ खेल्ने भएकी छन् । सुस्मिताले आगामी मे ९ मा के-वान फाइट खेल्ने भएकी हुन्।
भारतको गुजरातमा पुराना राजदरवारियाहरुको आयोजनामा रोनिन फाइट च्याम्पियनसिपका आयोजना हुँदैछ । व्यवसायिक उक्त फाइटमा सुम्तिाले आरती खत्रीसंग भिड्ने भएकी हुन्।
किक बक्सिङ मिश्रित उक्त फाइट सुस्मिताको लागि नयाँ अनुभव हो । यसले सुस्मितालाई व्यवसायिक मुआथाइको यात्रा थाइल्याण्डसम्म पुर्याउन मद्धत गर्ने उनका प्रशिक्षक खगेन्द्र क्षेत्रीले बताए।
के-वान फाइटमा किक बक्सिङको भन्दा केहि फरक हुनेछ। यसमा युएफसीमा प्रयोग हुने चार आउन्डस ग्लब्स (खेलाडीले लगाउने पन्जा) को प्रयोग गरिनेछ भने प्रतिस्पर्धा ५ मिनेटमा ३ राउन्डको हुनेछ।
‘यो हाइ लेभलको राउन्ड फाइट हो । सुस्मिताले अहिलेसम्म चार आउन्ड्स ग्लब्सको अनुभव गरेको छैन यो उनको लागि पहिलो हो’ प्रशिक्षक क्षेत्रीले भने, ‘सुस्मिता गण्डकी प्रदेशकी खेलाडी हुन् । उनी अब व्यवसायिक खेलाडी बन्ने गतिमा छन् । हाम्रो टार्गेट भनेकै थाइल्याण्ड हो।’
उक्त च्याम्पियनसिपको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सुस्मिता भारतमा फाइटका लागि चर्चित छिन् । उनले यस अघि समेत भारतमा आफ्नो खेल देखाइ सकेकि छन भने चीन, जापान, मलेसियामा समेत उनलाई बोलाएपछि रकम अभावका कारण खेल्न जान नसकेको प्रशिक्षक क्षेत्रीको भनाइ छ।
त्यो बाहेक श्रीलंका भारत र नेपालमै सुस्मिताले मुआथाई, तेक्वान्दोसंगै अन्य विभिन्न फाइटहरुमा समेत प्रतिस्पर्धा गर्दै आइरहेकी छिन्।
सुस्मिताले आर्थिक सहयोग पाउन सकेमा अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पार्न सक्ने देखिएको छ । सुस्मिताले हालसम्म मुआथाईमा कुनै पनि खेलमा हार व्यहोर्न परेको छैन्।




