म्याराथनमा साबेको विश्व कीर्तिमान, डोपिङ टेष्टको रिजल्ट आउन बाँकी

रमेश खनाल (खेलकुद मनोविज्ञ)

म्याराथन दौड पूर्वतया मानसिक हुन्छ । ४२ किलो मिटर दौडनु पर्ने दौडका अवधिमा धेरै किसिमका मानसिक उतार चढावहरु आउन सक्छन् । शुरुको अवस्थामा अलिकति दौडिई सकेपछि मनमा नकारात्मक विचार आउन सक्छ । आ…दौडिएर कस्ले के पायो ? रहरका लागि दौडिनेहरु पनि हराएर गए । अनि फेरि उसले सोच्दछ दस किलोमिटर त दौडिसके अव छोड्नु हुन्न । त्यसपछि खेलाडी अगाडि बढ्दै जान्छ।

२० किमि दौडिसकेपछि फेरि उसलाई नकारात्मक बिचारले खेद्न थाल्दछ । उसले सोच्दछ म्याराथन दौड दौडिएर पैसा कमाउन सकिन्न । घर-परिवार पनि हेर्नुपर्छ । अबदेखि म दौडिन्न । फेरि लगत्तै उसले सोच्दछ झण्डै आधा दौड त दौडिसके, किन बिचमै छाड्ने ? म दौड पुरा नै गर्दछु भन्दै अगाडि बढ्छ । अन्तत: विभिन्न मानसिक उतार चढाव पार गर्दै उसले दौड पुरा गर्दछ । उसको टाईमिङमा सुधार हुन्छ । भोलिपल्ट पत्रिकामा उ दौडिएको फोटो र सकारात्मक समाचार पढेर दँग पर्दै भन्छ-‘अब म आफ्नो रिकर्डमा सुधार गर्नेछु।’

म्याराथन दौड टाइमिङमा भर पर्दछ । तपाई राम्रो मानसिक स्थिति, आरामदायी निन्द्रा, सजिलो जुत्ता, पोषिलो खाना र दृढ संकल्प भएमा राम्रो नतिजा निकाल्न सकिन्छ। म्याराथन दौड २ घण्टा भन्दा कम लगाएरु केन्याका धावक सवास्टिन सावेले विश्व कीर्तिमान कायम गरेको समाचार विश्वभरि सनसनी भइरहेको छ । ओहो म्याराथन दौड १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा पुरा गर्नसक्नु ठूलो सफलता हो।

जवकि गएको पेरिस ओलम्पिकमा इथोपियाका टामिराट नोभाले २ घण्टा ६ मिनेछ २६ सेकेन्डमा विश्व कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका थिए । त्यसैैगरि, सन् २०२० को टोकियो ओलम्पिकमा केन्याका धावक इल्यूड किपाचेले २ घण्टा ८ मिनेट ३८ सेकेन्डमा दौड पुरा गरेर स्वर्ण पदक जितेका थिए।

त्यस्तै, सन् २०१६ को ओलम्पिकमा किपाचेले नै २ घण्टा ८ मिनेट ४४ सेकेन्डमा दौड पुरा गरेर स्वर्ण पदक जितेका थिए । तर, सन् २०१२ को लण्डन ओलम्पिकमा युगाण्डका स्टेफिन किप्रोटिनले २ घण्टा ८ मिनेट १ सेकेन्डमा दौड् पुरागरि स्वर्ण पदक जितेका थिए।

सन् २००८ को ओलम्पिकमा इटालीका स्टेफिन वाल्डिकिले २ घण्टा १० मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेर स्वर्ण पदक जितेका थिए । मैले यहाँ भन्न खोजेको कुरा के हो भने कुनै पनि खेलाडी २ घण्टामा पनि दौड पुरा गर्न सकेका छैनन् । तर, केहि दिन अगाडि लण्डनमा आयोजना भएको लण्डन म्याराथनमा केन्याका धावक सवास्टिन सावेले दुइ घण्टा मुनी म्याराथनको दौड पुरा गरेर विश्व कीर्तिमान कायम गरेका छन्।

म्याराथन दौडको गर्विलो लामो इतिहासमा सावेलेको रिजल्ट उत्तम ठानिन्छ । लामो अभ्यास र एडिडासको नयाँ प्रोएभो थ्री सुपर सु प्रयोग गरेका थिए । त्यसको तोल १०० ग्राम भन्दा पनि कम थियो । जसले उनलाई दौडिन सजिलो बनायो । तर, अहिले सावेको डोपिङ टेष्ट आउन बाँकी छ । यो डोपिङ रिजल्टपछि सबै कुरा छर्लङ्ग हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :