इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज बिहिबार मुम्बई इन्डियन्स र पञ्जाब किङ्गबिच भिडन्त हुदैछ । धर्मशालामा हुने मुम्बई र पञ्जाब खेल नेपाली समय अनुसार ७ः४५ देखि शुरु हुनेछ।
जारी आईपीएलमा पञ्जाब र मुम्बईले ११-११ खेल खेलेका छन । पञ्जावले ११ खेलमा ६ खेल जितेर अंक तालिको चौथो स्थानमा रहेको छ । त्यस्तै, ११ खेलमा ८ खेलमा पराजित भएको मुम्बई ६ अंक सहित अंक तालिकाको नवौं स्थानमा छ।
लगातार ४ खेलमा पराजित भएको पञ्जाब दबावमा छ भने मुम्बई आफ्नो सम्मान बचाउनका लागि मैदानमा उत्रिने छ । मुम्बई प्लेअफको दौडवाट बाहिरि सकेको छ।
आईपीएलको इतिहासमा पञ्जाब र मुम्बईको अहिलेसम्म ३५ खेलमा भिडन्त भएको छ । जसमा पञ्जाबले १८ र मुम्बईले १७ खेलमा जित हासिल गरेका छन्।
धर्मशालाको पीच ब्याट्सम्यान र फास्ट बलरका लागि निकै उपयुक्त मानिन्छ । यो पीचमा हाई स्कोरिङ खेल हुने भएकोले टस जितेर बलर रोज्दा राम्रो हुन्छ।




