२० औं एशियाडका लागि अहिलेसम्म कुनैपनि खेल छनोट नभएको राखेपको जानकारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज बिहिबार एक सूचना जारी गर्दै जापानमा आयोजना हुन गइरहेको २० औं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा सहभागि हुने कुनै पनि खेलको छनोट नभएको जानकारी गराएको छ।

राखेपले आगामी असोज ३ गतेदेखि आयोजना हुने २० औं एशियाडका लागि नेपालको तर्फबाट कति खेल सहभागि हुने भन्ने निर्णय भइ नसकेको जनाएको छ । साथै उक्त प्रतियोगितामा सहभागिताका लागि खेलाडी छनोट गर्न राखेपले अहिलेसम्म राष्ट्रिय संघहरुलाई निर्देशन नगरेको पनि उल्लेख गरेको छ।

त्यस्तै, राखेपले अन्तिम छनौटका लागि परिषदले चाँडै जानकारी गराउने भन्दै त्यसपछि मात्र छनौट गर्न जारी गरेको सूचना मार्फत जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :