जुडो अर्गनाइजिङ सेमिनार सुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वय तथा जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितको पहलमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि सुरु भएको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको सेमिनारमा १९ पुरुष र १५ महिला गरी ३४ जनाको सहभागिता रहेको मुख्य प्रशिक्षक रन्जितले जनाएका छन्।

सहभागीलाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक जगदीशप्रसाद भट्टले मोटिभेसन स्पिच, तालिम तथा प्रशिक्षण विभागकै उप निर्देशक राजेश्वरमान स्थापितले साइकोलोजी र सुप्रसिद्ध ताम्राकारले प्राविधिक विषयमा प्रशिक्षण दिइरहेका छन्।

प्रतियोगिता सञ्चालन र व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिने उद्देश्यले आयोजित सेमिनारको तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । सेमिनारका लागि राजेश्वरमानले ५० हजार र जुडो प्रशिक्षक चन्द्रकुमार डंगोलले १० हजार नगद सहयोग गरेको मुख्य प्रशिक्षक रन्जितले जानकारी गराए । सेमिनार आइतबार सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :