विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिनरले इटालियन ओपन २०२६ को उपाधि जितेका छन् । रोममा भएको फाइनल खेलमा सिनरले केस्पर रुडलाई सोझो सेट ६–४ र ६–४ ले पराजित गर्दै पहिलो पटक इटालियन ओपनको उपाधि जितेका हुन्।
यसअघि सन् १९७६ मा इटालीका एड्रियानो पनाटाले इटालिन ओपनको उपाधि जितेका थिए । सिनरले इटालियन ओपनको उपाधि जितेसँगै विगत ५० वर्षमा यो उपाधि जित्ने पहिलो घरेलु खेलाडी समेत बनेका छन् ।
२४ वर्षिय सिनरले यो जितसँगै आफ्नो लगातार छैठौं एटीपी मास्टर्स १००० को उपाधि पनि जितेका छन् । यो जितसँगै सिनरले सबै एटीपी मास्टर्स १००० को उपाधि जित्ने उपलब्धि समेत हासिल गरेका छन्।
यसअघि यस्तो उपलब्धि केबल नोवाक जोकाकेविचले हासिल गरेका थिए । १ घण्टा ४४ मिनेटसम्म चलेको फाइनल भिडन्तमा रुडले आक्रमक खेलको प्रस्तुत गरेपनि सिनरले त्यसलाई निस्तेज पार्दै सोझो सेटमा उपाधि जितेका थिए।




