काठमाडौं । केभीकेएसएस र भ्याली पब्लिक दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । केभीकेएसएसले ल्यान्डमार्क एकेडेमीलाई २२–१४ तथा भ्याली पब्लिकले विजेश्वरीलाई ३४–२४ ले पराजित गरे।
केभीकेएसएसकी खुशी मिफोकले १० तथा भ्याली पब्लिककी सोनीमाया तामाङले ११ जोडे । गर्ल्समा बागमतीले केजीएसलाई ५३–४३, फेरिल्यान्डले आयोजक तेजस्वी ‘बी’ लाई २०–१२ र इडेन ब्रिज एकेडेमी (इबीए) ले हिमशिलालाई २४–१५ ले हराउदै क्वाटरफाइनलमा पुगे।
बागमतीकी सिद्धिका शर्माले १६, फेरिल्यान्डकी सायना माझीले ७ र इबीएकी सन्जिला मगरले ११ स्कोर गरे । क्वाटरफाइनल इबीए र संस्कृति शिक्षा सदन, केभीकेएसएस र बेलमोन्ट, भ्याली पब्लिक र बागमती तथा फेरिल्यान्डले तेजस्वी ‘ए’ बीच हुनेछ।
ब्वाइजमा भ्याली पब्लिकले इबीएलाई ४५–३४, जेबी स्कुलले एन्जल्स हार्टलाई ४४–३७, संस्कृति शिक्षा सदनले ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई २८–१६ र केभीएसले केजीएसलाई ४५–३० ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
केभीएस र क्यान्भास बसन्त ऋतु, भ्याली पब्लिक र बागमती, न्युटन र स्कोलर्स होम, जेबी स्कुल र नवोदित, एन्जल्स हार्ट र गोल्डेनपिक, लालीगुराँस नेसनल एकेडेमी र गण्डकी, मार्वलस र ह्वाइट हेभन तथा टीआईए र संस्कृति शिक्षा सदनबीच प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ।




