नवोदित र काठमाडौं भ्याली क्वाटरफाइनलमा

काठमाडौं । नवोदित र काठमाडौं भ्याली स्कुल दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । तेजस्वी एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा नवोदितले जेबी स्कुललाई ५०–४६ ले पराजित गर्यो।

नवोदितको जितमा सम्योजन हमाल र आदेश बगालेले समान १६–१६ अंक योगदान गरे । रियान बानियाँको १२ अंक सहयोगमा काठमाडौं भ्यालीले क्यान्भास बसन्त ऋतुलाई ३७–२६ ले हरायो।

ब्वाइजमै भ्याली पब्लिकले बागमतीलाई ४५–३५, न्युटनले स्कोलर्स होमलाई ४८–३७, गोल्डेनपिकले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ४४–३५, गण्डकीले लालीगुराँस नेसनल एकेडेमीलाई ३८–३७, मार्वलसले ह्वाइट हेभनलाई ४२–३२ र टीआईएले संस्कृति शिक्षा सदनलाई २८–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

भ्याली पब्लिकका अशोक विकले १७, न्युटनका आशिष राईले १६, गोल्डेनपिकका प्रिजम केसीले १२, गण्डकीका तपेन्द्र ओडले २०, मार्वलसका नवीन कार्कीले ९ र टीआईएका दिवस जोशीले १० स्कोर गरे। क्वाटरफाइनलमा नवोदितले टीआईए, गोल्डेनपिकले काठमाडौं भ्याली, न्युटनले भ्याली पब्लिक र गण्डकीले मार्वलस विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।

गर्ल्सको क्वाटरफाइनल समीकरण मंगलबारै तय भइसकेको छ । इबीए र संस्कृति शिक्षा सदन, केभीकेएसएस र बेलमोन्ट, भ्याली पब्लिक र बागमती तथा फेरिल्यान्डले तेजस्वी ‘ए’ बीच क्वाटरफाइनल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :