केभीकेएसएस र फेरिल्यान्ड सेमिफाइनलमा

काठमाडौं । काठमाडौं विद्या कुञ्ज (केभीकेएसएस) र फेरिल्यान्ड दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
केभीकेएसएसले बेलमोन्टलाई १९–१३ ले पराजित गर्यो।

केभीकेएसएसकी खुशी मिफोकले १२ अंक जोडिन् । फेरिल्यान्डले आयोजक तेजस्वी एकेडेमीलाई २१–१५ ले हरायो । फेरिल्यान्डकी रेणुका तामाङले ८ स्कोर गरिन्।

गर्ल्समै इडेन ब्रिज एकेडेमी (इबीए) ले संस्कृति शिक्षा सदनलाई २०–१२ तथा भ्याली पब्लिकले बागमतीलाई २५–१७ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

इबीएकी अनामिका पटेल र मेणुका मगरले समान ६–६ तथा भ्याली पब्लिककी दृष्य गुरुङले ९ अंक बटुले । सेमिफाइनलमा इबीएको भेट केभीकेएसएससंग हुनेछ भने फेरिल्यान्डले भ्याली पब्लिक विरुद्ध प्रतिस्पर्धा गर्ने छ।

ब्वाइजमा नवोदितले टीआईएलाई ३४–२५, गोल्डेनपिकले काठमाडौं भ्याली स्कुललाई ४४–३२, न्युटनले भ्याली पब्लिकलाई ४९–४१ र मार्वलसले गण्डकीलाई ३७–३० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।

नवोदितका सम्योजन हमालले १९, गोल्डेनपिकका सुशिल गिरीले १२, न्युटनका युनिक कार्कीले २१ र मार्वलसका सिनेप शाहीले १७ अंक जोडे । सेमिफाइनल मार्वलस र नवोदित तथा न्युटन र गोल्डेनपिकबीच हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :