भारतीय टी-२० क्रिकेट टोलीको कप्तानमा श्रेयस अथ्यरलाई नियुक्ति गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले श्रेयसलाई सिफारिस गरेपछि अब उनी भारतीय टी- २० क्रिकेट टोलीको कप्तान बनेका हुन् । यसअघि सुर्यकुमार यादव भारतीय टी-२० क्रिकेट टोलीका कप्तान थिए।
निरन्तर खराब प्रदर्शनका कारण सूर्यकुमार यादवको कप्तानीप्रति प्रश्न उठिरहेको थियो । हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि यादवको प्रदर्शन बिर्सन लायक बन्यो । यहि कारण नयाँ कप्तानको खोजीमा रहेको छनोट समितिले श्रेयसलाई कप्तानमा सिफारिस गरेको हो।
कप्तानका साथै उप-कप्तानको बारेमा पनि छनोट समितिले निर्णय गरेको छ । उक्त निर्णय अनुसार भारतीय टी-२० क्रिकेट टोलीको उप-कप्तानमा तिलक वर्मालाई नियुक्ति गरिएको छ।




