अस्ति एक समूह भारत्तोलक आएर भने ‘गुरु हाम्रो प्रदर्शन स्थिर छ । जति प्रशिक्षण गर्दा पनि इम्प्रुभ नै हुँदैन । यस सम्बन्धमा गुरुले हामीलाई सुझाब दिनु पर्यो । उनीहरुको कुरा सुनेर मैले सोधे, ‘तिमीहरुले ट्रेनिङ गरेको कति भयो? मेरो कुरा सुनेर उनीहरुले थरिथरिका जवाफ दिए । एउटाले भन्यो गुरु मैले ट्रेनिङ गरेको एक वर्ष भयो । शुरुमा प्रगति भयो तर अहिले प्रदर्शन स्थिर भएर बसेको छ।’ अर्को खेलाडीले भने ‘मैले भर्खरै सिकेको छु । नियमिति ट्रेनिङ गरिरहेको छु ।’ त्यसपछि अर्को खेलाडीले भन्यो, ‘म तीन वर्षदेखि ट्रेनिङ गर्दैछु । मेरोपनि प्रदर्शन स्थिर भएर बसेको छ।’
उनीहरुको कुरा सुनेर मैले भने तिमीहरुको प्रदर्शन इम्प्रुभ हुन्छ । तर, प्रदर्शनलाई खाना, निन्द्रा, आराम, ट्रेनिङ लोड, मानसिक सन्तुष्टि आदि कुराले असर गर्दछ । मानिलिउ तिमीहरुको ट्रेनिङ लोड बिहान र साँझ उस्तै छ। तिमीहरुको ट्रेनिङमा क्यालरिज वर्न आउछ त्यो भन्दा बढी क्यालोरज तिमीहरुले खानु पर्छ। होइन भने तिमीहरुलाई थाहा नै नदिई तिमीहरुको प्रदर्शन ह्रास भईरहेको हुन्छ । न्यून क्यालोरिजले गर्दा थकित हुने, कम निन्द्रा पर्ने, मानसिक तनाव सिर्जना हुने जसता मनो-शारिरीक कारणले असर पारिरहन्छ । अतः यस्तो बेलामा तिमीहरुको डाइट विशेष हुनुपर्छ। डाइटिसिसन सम्पर्क राख्यौ भने उनीहरुले तिमीहरको प्रदर्शन गतिशिल बनाउन चार्ट बनाएर दिन्छ । चार्ट बनाएर मात्र हुन्न । उसले लेखे अनुसार खानु पनि पर्छ । यो भयो सन्तुलित डाइटको नतिजालाई सपार्ने उपाय।
अर्को कुरा खेलाडीले सधैं प्रफुल्ल हुनुपर्छ । चिन्तित खेलाडीले जति खाए पनि रिजल्ट आउँदैन । चिन्ताले सबै कुरा बिगार्छ । चिन्ता नलिनु पर्ने कुरामा चिन्ता लिएको छ कि त्यसको विश्लेषण गर्नु पर्दछ । एकजना खेलाडी थिए उनी राजनीतिक कुरामा चासो राख्दथे । राजनीतिक गफ गर्दागर्दै अनुहार नै रातो बनाउँथे। उनी विशुद्ध राम्रा खेलाडी थिए । उनको ध्यान पूर्णतया आफ्नो खेलमाथि हुनु पर्दछ । यसै भनेर उनलाई पार लगाउन नसकिने राजनीतिक गफ गर्न छोडिदिनुस भनेर बारम्बार सम्झाएपछि उनले चट्ट राजनीतिक गफ गर्न र चिन्ता गर्न छोडि दिए । त्यसपछि उनी चिन्ता मुक्त भए । उनको प्रदर्शन पनि राम्रो भयो।
अत: खेलाडीले खेल समय, जीवनमा पूर्णतया खेलभित्र नै समर्पित हुनु पर्दछ । खेल जीवन सकिएपछि जे गरेपनि हुन्छ । खेल जीवनभरि अनुकरणीय हुनुपर्दछ । खेल जीवन एक विश्व विद्यालय जस्तै हुन्छ । विश्व विद्यालयमा हामी जसरी समर्पित हुन्छौं, उपलब्धि हासिल गर्नका लागि ठिक त्यसरी नै खेलाडी समर्पित भएर ट्रेनिङ गरेर प्रदर्शन अकाट्य रुपमा सुधार हुन्छ। गतिवान हुन्छ।





