आर्मीलाई उपाधि

काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोश्रो र मधेस प्रदेश तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे।

आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी घोषित भइन् । मधेश प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी चुनिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :