जर्मनीका ज्वेरेवले जिते फ्रेञ्च ओपनको उपाधि

जर्मनीका स्टार टेनिस खेलाडी अलेक्जेन्डर ज्वेरेवले पुरुष एकलतर्फ फ्रेञ्च ओपन २०२६ को उपाधि जितेका छन् । यो जितसँगै ज्वेरेवले ग्राण्ड स्ल्याम टेनिसको उपाधि जित्ने सपना समेत पुरा गरेका छन्।

पाँच सेटसम्म चलेको फ्रेञ्च ओपनको फाइनलमा ज्वेरेवले इटालीका युवा खेलाडी फ्लावियो कोबोल्लीलाई पराजित गरेर पहिलो पटक ग्राण्ड स्ल्यामको उपाधि जितेका छन् । यसअघि तीन पटक ग्राण्ड स्ल्यामको फाइनलमा पुगेपनि ज्वेरेवले उप–विजेतामा नै चित्त बुझाउनु परेको थियो।

४ घण्टा १६ मिनेटसम्म चलेको निकै प्रतिस्पर्धात्मक र सनसनीपूर्ण फाइनल खेलमा ज्वेरेवले कोबोल्लीलाई ६–१, ४–६, ६–४, ६–७ र ६–१ ले पराजित गरेका थिए । विश्व वरियता क्रममा दोश्रो स्थानमा रहेका ज्वेरेवले उत्कृष्ट शुरुवात गर्दै पहिलो सेट सहजै जितपनि त्यसपछिका सेटमा निकै संघर्ष गर्नु परेको थियो।

निर्णायक अर्थात् पाँचौं सेट ज्वेरेवले पुन: उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका थिए । यो जितसँगै ज्वेरेज फ्रेञ्च ओपनको उपाधि जित्ने जर्मनीको दोश्रो खेलाडी समेत बनेका छन्।

यसअघि सन १९३७ मा जर्मनीका हेनर हेन्केलले पहिलो पटक फ्रेञ्च ओपनको उपाधि जितेका थिए । यसअघि युएस ओपन, फ्रेञ्च ओपन र अष्टे«लियन ओपनको फाइनलमा पुगेर पनि उनले उपाधि जित्न सकेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :