विश्व चर्चित खेलाडीलाई खेलाउदा विपक्षी टोलीमाथि मानसिक दबाब पर्छ

रमेश खनाल (खेलकुद मनोविज्ञ)

विपक्षी टीमलाई मानसिक दबाबमा राख्ने धेरै उपायमध्य नाम चलेका विश्व-विख्यात खेलाडीलाई आफ्नो टीममा समावेश गरेर डंका फैलाउने एक शसक्त उपाय हो । उदाहरणका लागि ११ जुनदेखि शुरु हुन गइरहेको विश्वकप २०२६ लाई लिन सकिन्छ । हामीलाई थाहा छ, ५ पटकको विश्व च्याम्पियन ब्राजिललाई अहिले त्यति राम्रो टोली मान्न सकिदैन । उसले विश्व जगतलाई प्रभाव पार्न त्यस समयका प्रशिद्ध एवम् च्याम्पियन खेलाडी नेमारलाई टोलीमा समावेश गरेको छ।

यसैगरि अर्जेन्टिनाले पनि विश्व चर्चित खेलाडी लियोनन मेस्सीलाई टोलीमा समावेश गरेको छ । फुटबल जगतमा मेस्सीको जादु अहिले पनि चल्छ भनेर नै उनलाई टोलीमा समावेश गरिएको हो । यसैैगरि पोर्चुगलको टोलीले पनि क्रिस्टियानो रोनाल्डोलाई टोलीमा समावेश गरेको छ । रोनाल्डो टोलीमा छन् भने सबै खेलाडीको प्रेरणा शक्ति प्रवर्द्धन हुन्छ र विपक्षी टोलीमाथि मानसिक प्रभाव पर्छ भन्ने ठानेर नै ४२ वर्षीय रोनाल्डोलाई टोलीमा समावेश गरिएको हो । फ्रान्सले केलियन एम्बाप्पेलाई स्ट्राइकरको रुपमा मानसिक प्रभाव पार्न समावेश गरेको छ । तर, रोनाल्डो, नेयमार र मेस्सी जत्तिकै पाका उमेरका खेलाडी टोलीमा परेका छैनन्।

भन्नुको अर्थ के हो भने कुनैपनि टोलीमा नाम चलेका प्रशिद्ध खेलाडीलाई खेलाउने बित्तिकै विपक्षी टोलीमाथि मानसिक दबाव हुन्छ । र, कुनै पनि खेलकुदमा मानसिक दबाब आवश्यक हुन्छ । पत्रकार भेटघाट गरेर पनि मानसिक दबाब सिर्जना गर्न सकिन्छ । आखिर प्रशिद्ध खेलाडी भनेका प्रशिद्ध नै हुन्छन् । मौका सिर्जना गरे्र जुनसुकै बखत गोल गर्न सक्छन् । हामीले पनि म्याच खेलाउँदा केहि नयाँ खेलाडी तथा केहि प्रशिद्ध खेलाडीलाई टोलीमा समावेश गरेर टीम फर्मेशन गर्ने गरेका छौं । त्यस्तो गर्दा नयाँ खेलाडीको मनोवल उठ्न सक्छ।

सन् २०२६ को विश्वकपमा २० जना सम्भावित सुपरस्टार (भविष्य) हरु मैदानमा उत्रिदै छन् । बीबीसी स्पोर्ट्सले चयन गरेका २० खेलाडीहरुले आगामी महिनाहरुमा विश्वकप फुटबलको दिशा नै बदल्न सक्ने र टीममा मानसिक प्रभाव उजागर गर्न सक्नेछन् भनिएको छ । अपेक्षा अनुसार उनीहरुले प्रदर्शन गरे भने यो विश्वकप नयाँ पुस्ताका सुपर स्टार जन्माउने ऐतिहासिक प्रतियोगिता बन्न सक्ने अनुमान गरिएको छ।

विश्वकपको ध्यान आइभरिकोस्टाका १९ वर्षीय खेलाडी डियोमान्डे, मेक्सिकोका गिल्वोर्टो मोरा, स्वीट्जरल्याण्डका जोहान, अमेरिकाका रिकार्डो पेपी, क्रोएशियाका लुका, मोरक्कोका यासिन, अल्जेरियाका आउआर, अष्ट्रेलियाका लुकास, इराकका अली जासिम, कोलम्बियाका लुईस आदिमाथि केन्द्रित हुनेछ । हेरौं, यो विश्वकपमा उनीहरुले कसरी आफ्नो प्रभुत्व कायम गर्दै आफुलाई मानसिक प्रभाव पार्न सक्ने अब्बल खेलाडी साबित गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :