जुडो सुरु

काठमाडौं । तेश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत जुडोको प्रतिस्पर्धा नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) हलमा आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा ८४ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, ४ हजार र ३-३ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट पुरुष-महिला खेलाडीलाई जनही २० हजार नगद पुरस्कार दिइने छ । प्रतियोगिताको आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव दीपक लामाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सोही अवसरमा ओलम्पिक दिवस पनि मनाइएको थियो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :