फिफा विश्वकप: साउदी अरेबियाविरुद्ध स्पेनको सहज जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को दोस्रो खेलमा स्पेनले साउदी अरेबियालाई ४-० ले पराजित गर्दै नकआउट चरणको सम्भावना बलियो बनाएको छ । एटलान्टा स्टेडियममा आइतबार राति भएको खेलमा स्पेनले सुरुदेखि नै दबाब बनाउँदै एकतर्फी प्रदर्शन गरेको हो।

खेलको १० औं मिनेटमै मिकेल ओयार्जाबलको उत्कृष्ट पासलाई युवा स्टार लामिन यामालले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ओयार्जाबल स्वयं नायक बने ।

उनले लगातार २१ औं र २४ औं मिनेटमा दुई गोल गर्दै पहिलो हाफमै स्पेनलाई ३-० को सहज अवस्थामा पुर्याए । प्रभावशाली प्रदर्शन गरेका यामाल र ओयार्जाबललाई विश्राम दिदै दोस्रो हाफमा प्रशिक्षकले उनीहरुको स्थानमा अन्य खेलाडीलाई मैदानमा प्रवेश गराए।

दोस्रो हाफमा पनि स्पेनको नियन्त्रण कायम रह्यो । ४९ औं मिनेटमा साउदी डिफेन्डर हसन अल्ताम्बक्तीबाट आत्मघाती गोल भएपछि अन्तर ४-० पुग्यो । त्यसपछिका अवसरहरूलाई दुवै टोलीले सदुपयोग गर्न नसक्दा थप गोल भने भएन।

यस जितसँगै स्पेनले ४ खेलबाट ४ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा केप भर्डेसँग अंक बाँडेको स्पेनका लागि यो नतिजाले अन्तिम ३२ मा पुग्ने सम्भावना निकै मजबुत बनाएको छ । समूहका अन्य टोली उरुग्वे, साउदी अरेबिया र केप भर्डे समान १-१ अंकमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :