काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा चौथो गोल्डेन एथलेटिक्स मिट बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ ।
प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ क्लव, जिल्ला, स्कुल, कलेजलगायत निकायबाट १ सय ७५ पुरुष र ९५ महिला गरी जम्मा २ सय ७० खेलाडी सहभागी छन् । ४२ इभेन्टमा प्रतिस्पर्धा भइरहेको आयोजक एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।
प्रतियोगिताको काठमाडौ महानगरपालिकाका कार्यपालिका सदस्य महेश नेपालीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।




