इनर ह्विल डा. सृष्टि वोमेन्स एक्सिलेन्स अवार्ड’ बाट भलिबलकी उषा सम्मानित 

काठमाडौं । इनर ह्विल डा. सृष्टि वोमेन्स अवार्ड २०२६ बाट महिला भलिबल राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी सम्मानित भएकी छिन्।

ईन्टरनेशनल ईनर ह्विल डिस्ट्रिक्ट ३५० को आयोजनामा शनिबार भएको एक कार्यक्रमकाबीच भलिबल खेलाडी उषा सम्मानित भएकी हुन् । सन् १९२५ मा बेलायतको म्यान्चेस्टरबाट सुरु भएको यस संस्था हाल विश्वभर १०० वटा भन्दा बढी राष्ट्रमा फैलिएको छ।

संस्थाले हरेक वर्ष एक जना नेपाली महिला खेलाडीलाई सम्मान गर्ने गरेको छ । संस्थाले गत वर्ष करातेकी खेलाडी एरिका गुरुङलाई सम्मान गरेको थियो । सम्मानित खेलाडी उषाले नगद २५ हजार प्राप्त गरिन्।

यस संस्करणका लागि सम्मानित खेलाडी छनोटका लागि दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता र हाल करातेका राष्ट्रिय प्रशिक्षक मण्डेकाजी श्रेष्ठ रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :