शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

काठमाडौं । नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ।

भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन्।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए । महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन्।

पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारे । तीनै खेलाडीको यो ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

यो पदकसहित दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ । पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ । यसअघिका ३ संस्करण नेपालमै भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :