काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुने स्वस्तिश्री गुरुकुल आईबी कन्टिनम स्कुलको टोलीलाई शुभकामनासहित बिदाई गरेकी छन् ।
असार २३ गतेदेखि सुरु हुने प्रतियोगितामा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा पुष्प बिष्ट रहेका छन् । टोली असार २१ गते फ्रान्स जाने छ ।




