एनपीएल तेस्रो संस्करणको अक्सनका लागि १५५ खेलाडी छनोट, ५२ जना मात्र अनुबन्ध हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनमा सहभागी हुने १५५ जना खेलाडीको नाम सार्वजनिक गरेको छ।

क्यानका अनुसार प्रतियोगिताका लागि कुल ३४७ जना खेलाडीले नाम दर्ता गराएका थिए । तीमध्ये असार २२ गते काठमाडौंमा हुने अक्सनका लागि १५५ जना खेलाडी छनोट भएका हुन्।

छनोट भएका खेलाडीमध्ये क्याटेगोरी ‘ए’ मा ५ जना, क्याटेगोरी ‘बी’ मा २७ जना र क्याटेगोरी ‘सी’ मा १२३ जना रहेका छन् । अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ जना खेलाडी अनुबन्ध गर्नेछन्।

क्यानले एनपीएलको तेस्रो संस्करणदेखि प्रत्येक फ्रेन्चाइज टोलीमा दुई जना नेपाली खेलाडी थप गर्ने व्यवस्था गरिएको जनाएको छ।

मार्की खेलाडी र ट्यालेन्ट हन्टमार्फत छनोट हुने खेलाडीसहित प्रत्येक टोलीमा अब कुल १४ जना नेपाली खेलाडी रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :