बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि 

ललितपुर । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा तथा ललितपुर महानगरपालिकाको सहयोगमा ‘बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ

प्रतियोगिता असार २३ गते मंगलबारदेखि २७ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहल, ललितपुर महानगरपालिका-४, जावलाखेलमा सञ्चालन हुने बताइएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम मंगलबार बिहान १०:०० बजे हुने तय गरिएको छ । उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका महासचिव अञ्जु श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा बागमती प्रदेशस्तरका महिला तथा पुरुष खेलाडीहरूको सहभागितामा प्रतियोगिता सञ्चालन हुने उल्लेख गरिएको छ।

प्रतियोगितामार्फत प्रदेशस्तरमा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :