काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपालको यू-१९ महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा जुलाई ११ देखि मलेसियामा सञ्चालन हुने प्रतियोगिताका लागि १४ सदस्यीय टोली छनोट गरिएको हो।
घोषित टोलीको कप्तानी सोनी पाख्रिनले गर्नेछिन् । टोलीका अन्य सदस्यमा सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कृष्णा गुरुङ, अञ्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन्।
यस्तै, वैकल्पिक खेलाडीका रूपमा प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी लाई समावेश गरिएको क्यानले जनाएको छ।




