काठमाडौं । ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले खोटाङको सिंहदेवी माविमा प्रशिक्षणरत खेलाडीलाई कराते खेल सामाग्री उपलब्ध गराएको छ ।
अर्गनाइजेसनका सदस्यद्वय सुरोज भट्टराई र निरोज कर्माचार्यले सिंहदेवीका प्रशिक्षकलाई सामाग्री प्रदान गरे ।
सिंहदेवीमा राष्ट्रिय टिम तयारीका पूर्व निर्देशक महेन्द्र राई र मणि वान्तवाले खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् ।




