काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र निम्स प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको गर्ल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
गोल्डेनगेटले एलआरआईलाई ३७–३१ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा एन्जल गुप्ताले १० अंक योगदान गरिन् । निलिमा कोइरालाको ११ अंक सहयोगमा निम्सले जेभियर ‘बी’ लाई ३८–३७ को साँघुरोअन्तरले हरायो ।
टोखा नगरपालिकाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको ब्वाइजमा जेभियर र सीसीआरसीले उपाधि भिडन्त पक्का गरे ।
जेभियरले लालीगुराँस नेसनल एकेडेमीलाई ६२–५२ ले पाखा लगायो । जेभियरका रोशन नगरकोटीले १७ स्कोर गरे । सीसीआरसीले मनास्लुलाई ८४–७८ ले पन्छायो । फाइनल शनिबार हुनेछ ।




