दुई पटकको विश्व च्याम्पियन वेस्ट इण्डिज एकदिवसिय विश्वकप २०२७ मा सोझै क्वालिफाई हुन असफल भएको छ । अब वेस्ट इण्डिजले वाने डे विश्वकप खेल्ने क्वालिफायर राउण्ड खेल्नु पर्नेछ।
यसअघि वेस्ट इण्डिज सिधै क्वालिफाई हुने सूचीमा थियो। तर जव अफगानिस्तानले आयरल्याण्डलाई दोश्रो एकदिवसिय खेलमा पराजित गर्दै शान्दार जित हासिल गरेपछि वेष्टइण्डिजलाई ठूलो झटका लागेको हो।
अफगानिस्तानको यो जितसँगै वस्टइण्डिजको वान डे विश्वकपमा सोझै क्वालिफाई हुने सपना चकनाचुर भएको हो । यसपछि गणितिय समिकरण पनि सकिएको थियो।
सन् ल २०२७ मा आयोजना हुने वान डे विश्वकपमा ३० सेप्टम्वर २०२६ सम्म शिर्ष ८ स्थानमा रहने टोली सिधै विश्वकपमा छनौट हुने छन् । जसमा आयोजक राष्ट्र दक्षिण अफ्रिका र जिम्बाब्वे सिधै प्रवेश पाएका छन्।
तर, न्यूजील्याण्डसँग भएको सिरिजमा पराजय भोगेपछि वेष्टइण्डिज १० औं स्थानमा झरेको छ । यतिबेला वेष्टइण्डिजको ७३ अंक रहेको छ।
त्यस्तै, आयरल्याण्डलाई पराजित गरेको अफगानिस्तान ९० अंकका साथ ८ औं स्थानमा रहेको छ । यस्तै ८३ अंकका साथ बंगलादेश ९ औं स्थानमा रहेका छन्।
यसअघि सन २०१९ को विश्वकपमा पनि वेस्टइण्डिजले खराव र्याङ्किङका कारण क्वालिफायर राउण्ड खेल्नु परेको थियो । सन् २०२३ को विश्वकपमा जिम्बाब्वे, नेदरल्याण्ड र स्कटल्याण्डसँग पराजित भएको वेस्टइण्डिज विश्वकपबाटै बाहिरिएको थियो।




