काठमाडौं प्रज्ञा कुञ्जको दोहोरो जित

काठमाडौं । काठमाडौं प्रज्ञा कुञ्जले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार दोहोरो जित हात पारेको छ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको खेलमा काठमाडौं प्रज्ञा कुञ्जले युरो स्कुल, छाउनीलाई २-० तथा काष्ठमण्डप ‘बी’ लाई ४-० गोलले पराजित गर्यो।

सिनियर ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुलले काठमाडौं प्रज्ञा कुञ्जलाई २-० तथा युरो, छाउनीले काठमाडौं प्रज्ञा कुञ्जलाई १-० गोलले हराए । युरो, छाउनी र बौद्ध इन्टरनेसनल तथा काष्ठमण्डप ‘बी’ र कान्जिरोवाले गोलरहित बराबरी खेले।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भएको प्रतियोगिताको जुनियर ब्वाइजमा रोजबडले युरो, छाउनीलाई २-०, अक्षराले बौद्ध इन्टरनेसनललाई २-०, अक्षराले युरो, छाउनीलाई १-० तथा काठमाडौं प्रज्ञा कुञ्जले कान्जिरोवालाई ५-० गोलले पाखा लगाए । रोजबड र बौद्ध इन्टरनेसनलबीचको खेल गोलरहित बराबरीमा सकियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :