विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना सबालेङ्काले बायोलोजिकल सेक्स टेस्टको लागि समर्थन गरेकि छिन्।
विश्व महिला टेनिस एसोशिएसनले महिला टेनिस खेलाडीको बायोलोजिकल सेक्स अर्थात् लिङ्ग पत्ता लगाउनको लागि उक्त टेष्ट गर्न लागेको घोषणा गरेको हो।
महिला खेलाडीको बायोलोजिकल सेक्स टेस्टका लागि यहि जुलाईमा नीति बनाइएको थियो । अब यहि नीति अनुसार एक पटक हरेक टेनिस खेलाडीको यो टेष्ट अनिवार्य रुपमा गर्नुपर्ने छ।
महिला टेनिस एसोशिएनले यस्तो नीति अघि सारेपछि बेलारुसकि विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना सबालेङ्काले महिला खेलाडी टेनिस खेलाडीको रक्षाको लागि पनि टेनिस खेलाडीहरुले बायोलोजिकल टेष्ट गर्नु पर्नेमा सहमति प्रकट गरेकि हुन्।
आर्यानाले यो टेष्ट बायोलोजिकल रुपमा पुरुष एथलेटिक्सको महिला टेनिसमा सहभागिता जनाउनबाट रोक्ने प्रस्ट पारेकि छिन् । साथै उनले चाहे त्यो ट्रान्सजेन्टर नै किन नहोस भनेकि छिन्।
बायोलोजिकल रुपमा पुरुष महिलाको सामान्य महिलाको तुलनामा निकै बलियो हुन्छन् । त्यसैले महिला खेलाडीबिरुद्ध पुरुष खेलाडीलाई खेल्नबाट रोक्न बायोलोजिकल सेक्स टेस्ट गर्नुपर्ने उनको तर्क थियो।




