बायर्न म्यूनिख र जर्मनीका स्टार फुटबल खेलाडी जमाल मुसियाल अचानक मैदानमा ढलेपछि फुटबल मैदानमा खैलाबैला मच्चिएको थियो । आरबी लेइपजिगविरुद्ध भएको मैत्रीपूर्ण खेलमा गोल गरेको केहि समयमै जमाल मैदानमा अचानक लडेका थिए।
त्यसपछि २३ वर्षिय जमाललाई तुरुन्तै मेडिकल सहायता प्रदान गरिएको थियो । मेडिकल सहायता दिएको केहि समयपछि उनी उठेर हात हल्लाउदै मैदान बाहिर गएका थिए । यसपछि बायर्न म्यूनिखले खेलपछि जमाल ठिक भएको खुलासा गरेको थियो । यो खेल बायर्नले ३-१ ले जितेको थियो।
जमाल दोश्रो हापमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा उत्रिएका थिए । चोटका कारण लामो समयसम्म मैदान बाहिर रहेका जमालले ८१ औं मिनेटमा गोल गरेका थिए । गोल गरेको केहि समय पश्चात् नै जमाल अचानक मैदानमा लड्न पुगेका थिए । जमालले मात्र १५ मिनेट खेलेका थिए।
जर्मन मिडियका अनुसार जमाललाई अचानक चक्कर आएको बताएको छ । खेलको मैदान म्यूनिखको तापक्रम ३० डिग्री सेल्सियस भन्दा माथि थियो । यो घटनापछि क्लबले गर्मी र डिहाइड्रेशन वा अन्य कुनै कारणले भएको हो त्यसको बारेमा कुनै खुलासा गरेको छैन।




