मेजर लिग अन्तर्गत इन्टर मियामी र फिलाडेल्फिया युनियनबिच बिहीबार बिहान भएको खेल १-१ को बराबरीमा टुङ्गीदा स्टार खेलाडी मेस्सीले गोल गरेका थिए । मेस्सीले गोल गरेसँगै आकाशतर्फ हेरेर उक्त गोल हालै निधन भएका आफ्ना बुवा जोर्ज मेस्सीलाई समर्पित गरेका थिए।
खेलको २६ औं मिनेटमा फिलाडेल्फियाविरुद्ध मेस्सीले शानदार गोल गरेका थिए । गोल गरेपछि सेलिब्रेसन गर्ने क्रममा उनले आकाशतर्फ हेर्दै औंला उठाएर बुवालाई श्रद्धाञ्जली स्वरुप उक्त गोल समर्पित गरेका थिए । मेस्सीको बुवाको यही अगष्ट ८ तारिखको दिन ६८ वर्षको उमेरमा निधन भएको थियो।
बुवाको निधनपछि मेसीले एक भावुक सन्देश लेख्दै जोर्ज आफ्नो बुवा मात्र नभई एउटा साथी र एजेन्ट भएको बताएका थिए । बुवाको निधनपछि मेस्सीले गरेको यो पहिलो गोल हो । बुवाको निधनपछि अन्तिम संस्कारका लागि अर्जेन्टिना पुगेका मेस्सी गत साता अमेरिका फर्किएका थिए।




